एपिएफले कर्णालीलाई दियो २१९ रनको लक्ष्य – Nepal Press

एपिएफले कर्णालीलाई दियो २१९ रनको लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा एपिएफ क्लबले कर्णाली प्रदेशलाई २१९ रनको विजय लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको एपिएफले ४९.५ ओभरमा सबै विकेट गुमाएर २१८ रनको योगफल तयार पार्‍यो ।

एपिएफका लागि सन्दीप जोराले ७६ बलमा ५ चौका र २ छक्कासहित ६० रनको अर्धशतकीय इनिङ खेले । एपिएफका अमर रौतेला ३१, सुवाष खकुरेल २३ तथा शंकर राना र भुवन कार्की १५/१५ रन बनाएर आउट हुँदा किशोर महो १३ रनमा अविजित रहे ।

कर्णालीका लागि रबिन्द्र साही र अनुज चुनाराले ३/३ विकेट लिए । दिवान पुन र राज साहले पनि कर्णालीका लागि २/२ विकेट लिएका थिए ।

यसअघिका दुई खेलबाट ४ अंक जोडेको एपिएफ जारी सिजन अपराजित छ । ३ खेल खेलेको कर्णालीले दुई हार र १ जितको नतिजा निकालेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *