सुदूरपश्चिम प्रदेश ६२ रनमा अल आउट, लुम्बिनीलाई ६३ रनको लक्ष्य – Nepal Press

सुदूरपश्चिम प्रदेश ६२ रनमा अल आउट, लुम्बिनीलाई ६३ रनको लक्ष्य

काठमाडौं । कप्तान कृष्ण कार्कीको ४ विकेट मद्दतमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई ६२ रनमा अल आउट गरेको छ ।

मूलपानी क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको लुम्बिनीले सुदूरपश्चिमलाई २७.४ ओभरमा अल आउट गरेको हो । सशक्त बलिङ गरेको लुम्बिनीका लागि कप्तान कार्कीले १० ओभरमा १७ रन खर्चेर ३ मेडनसहित ४ विकेट लिए ।

त्यस्तै, अनिल खरेल र विक्रम भूसालले २/२ तथा सन्दीप सुनार र दिपेन्द्र रावतले १/१ विकेट लिए ।

लुम्बिनीको आक्रमक बलिङसामु सम्हालिन नसकेको सुदूरपश्चिमका लागि नारायण जोशीले १७ तथा कप्तान सन्तोष भट्टले ११ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । सुदूरपश्चिमका चार ब्याट्सम्यानले खाता खोल्न सकेनन् भने नरेन्द्र साउद अविजित रहे ।

यसअघिका दुई खेलमा एक जित र एक हार बेहोरेको लुम्बिनीले यो खेल जित्नका लागि ६३ रनको विजय लक्ष्य पाएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *