धादिङकाे धार्केमा नक्कली बम – Nepal Press

धादिङकाे धार्केमा नक्कली बम

धादिङ । धादिङको धार्केमा विप्लव समूहले राखेको नक्कली बम फेला परेको छ । धार्केस्थित पृथ्वी राजमार्गमा राखिएको नक्कली बम फेला परेको प्रहरीले जानकारी दिएको हो ।

‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना नेता तथा कार्यकर्ता पक्राउ परेको विरोधमा शनिबार नेपाल बन्दको आह्वान गरेको छ ।

धादिङमा बन्दको सामान्य प्रभाव परेको प्रहरीले बताएको छ । अन्य समयको तुलनामा आज केही हदसम्म सवारी कम चलेका छन् । तर, बजार-पसल सामान्य अवस्थामा जस्तै खुलेको प्रहरीले जानकारी दिएको छ ।

आज बिहान काभ्रेपलान्चोकको बनेपामा प्रेसर कुकर बम भेटिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *