टस जितेर एपिएफ ब्याटिङ र लुम्बिनी फिल्डिङ गर्दै – Nepal Press

टस जितेर एपिएफ ब्याटिङ र लुम्बिनी फिल्डिङ गर्दै

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल हुँदैछन् । समूह ‘ए’ अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कर्णालीविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ ।

यस्तै, समूह ‘बी’अन्तर्गत मूलपानी क्रिकेट मैदानमा हुने खेलमा सुदूर पश्चिमविरुद्ध लुम्बिनीले टस जितेर फिल्डिङ रोजेको छ ।

समूह ‘ए’मा २ खेलबाट ४ अंक जोडेको एपिएफ दोस्रो स्थानमा छ । तीन खेलबाट २ अंक जोडेको  कर्णाली अन्तिम ४ को सम्भावना जिवितै राख्न आजको खेल जित्नै पर्ने दबाबमा छ ।

त्यस्तै,  दुई खेलबाट १ अंक जोडेको लुम्बिनी आजको खेलमा जित हासिल गर्दै समूह ‘बी’मा दोस्रो स्थानको नेपाल पुलिस क्लबसँग बराबरी गर्न चाहन्छ ।

शीर्ष स्थानको बाग्मतीको ३ खेलबाट ६ अंक छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *