पीएसजीको सहज जितमा एम्बाप्पेको दुई गोल – Nepal Press

पीएसजीको सहज जितमा एम्बाप्पेको दुई गोल

एजेन्सी । किलियान एम्बाप्पेको दुई गोल प्रेरित पेरिस सेन्ट जर्मन (पीएसजी)ले शुक्रबार राति फ्रेन्च लिगवानमा मोन्टपेलियरलाई ४–० को नतिजामा पराजित गरेको छ ।

पीएसजीको मैदानमा भएको खेलको १९औं मिनेटमा जोनास ओम्लिन रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिएपछि मोन्टपेलियर १० जनामा सीमित बनेको थियो । पीएसजीको आक्रमणसामु निरीह बनेको मोन्टपेलियरले फराकिलो पराजय बेहोर्नु पर्‍यो ।

पीएसजीका लागि एम्बाप्पेले ३४औं र ६३औं मिनेटमा गोल गरेका थिए । त्यस्तै, नेइमारले ६०औं तथा माउरो इकार्डीले ६१औं मिनेटमा गोल गरे ।

जितसँगै पीएसजीले २१ खेलबाट ४५ अंक जोडेको छ । पराजित मोन्टपेलियरको पनि समान खेलबाट २८ अंक जोडेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *