युवा संघले बनायो पूर्व लडाकुको केन्द्रीय समन्वय समिति – Nepal Press

युवा संघले बनायो पूर्व लडाकुको केन्द्रीय समन्वय समिति

काठमाडौं । राष्‍ट्रिय युवा संघ नेपालले पूर्व लडाकु रहेको ९९ सदस्यीय केन्द्रीय समन्वय समिति गठन गरेको छ ।

साविक वाईसीएल नेपालको केन्द्रीय समन्वय समितिको बैठकले ९ जनाको कार्यालय पनि बनाएको छ ।

त्यस्तै ७ सहित १ विशेष प्रदेश रहने गरी प्रदेश समन्वय समिति पनि बनाइएको छ । त्यसको संयोजन गर्न प्रदेश १ मा विजयी डाँगी, २ मा विमल पौडेल, वागमतीमा मानबहादुर तामाङ, गण्डकीमा नविन गुरुङ, लुम्बिनीमा गोविन्द भुसाल, सुदूरपश्‍चिममा टेकबहादुर बोगटी, कर्णालीमा योगेश साउद र विशेष प्रदेशमा अरुणकुमार क्षेत्रीलाई जिम्मेवारी तोकिएको छ ।


प्रतिक्रिया

One thought on “युवा संघले बनायो पूर्व लडाकुको केन्द्रीय समन्वय समिति

Leave a Reply to Sagar Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर