प्रतिनिधिसभा विघटनसम्बन्धी राजपत्रको सूचना संवैधानिक इजलासमा पेश – Nepal Press

प्रतिनिधिसभा विघटनसम्बन्धी राजपत्रको सूचना संवैधानिक इजलासमा पेश

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी राजपत्रमा प्रकाशित सूचना संवैधानिक इजलासमा पेश भएको छ ।

बिहीबार सुनुवाइका क्रममा बहस गर्ने रिट निवेदक पक्षका अधिवक्ता टिकाराम भट्टराईले राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन भएको सूचना राजपत्रमा प्रकाशित नभएको भन्दै त्यसको वैधानिकतामाथि प्रश्न उठाएका थिए ।

इजलासले राजपत्र पेश गर्न दिएको आदेश बमोजिम महान्यायाधिवक्ता अग्नि खरेलले शुक्रबारको इजलास शुरु हुनासाथ राजपत्र पेश गरेका हुन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट पुस ५ गते प्रतिनिधिसभा विघटन भएको थियो । राजपत्रमा सोही दिन सो सम्बन्धी सूचना प्रकाशित भएको थियो । तर संवैधानिक इजलासमा यसबारेमा प्रश्न उठेपछि शुक्रबार महान्यायाधिवक्ता अग्नि खरेलले राजपत्रको प्रतिनै पेश गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *