ज्यान मुद्दाका फरार अभियुक्त ६ वर्षपछि पक्राउ – Nepal Press

ज्यान मुद्दाका फरार अभियुक्त ६ वर्षपछि पक्राउ

झापा । झापा प्रहरीले ज्यान मार्ने उद्योगमा अदालतबाट ६ वर्ष कैद सजाय तोकिएर फरार रहेका अभियुक्तलाई ६ वर्षपछि पक्राउ गरेको छ ।

झापाको दमक नगरपालिका ४ का ३७ वर्षीय प्रेम वाग्लेलाई जिल्ला अदालतले २०७१ वैशाख ३० गते ज्यान मुद्दामा ६ वर्ष कैद सजाय तोकेको थियो ।

फैसलाअघि देखिनै फरार रहेका उनलाई अदालतको फैसला कार्यन्वयन गर्ने क्रममा प्रहरीले यहि माघ ७गते उनकै घरबाट पक्राउ गरेको हो । उनको पीसीआर टेस्ट भई रिपोर्ट नेगेटिभ आएपछि बाँकी कैद भुक्तानको लागि जिल्ला कारागार पठाइने प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर