पुलिसबिरुद्ध लुम्बिनी र गण्डकीबिरुद्ध एपीएफ टस जितेर फिल्डिङ गर्दै – Nepal Press

पुलिसबिरुद्ध लुम्बिनी र गण्डकीबिरुद्ध एपीएफ टस जितेर फिल्डिङ गर्दै

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेट प्रतियोगितामा आज पनि दुई खेलहरु हुँदैछन् ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा समूह बीमा रहेका लुम्बिनी प्रदेशले नेपाल पुलिस क्लबबिरुद्ध टस जितेर पहिले फिल्डिङको निर्णय लिएको छ ।

पहिलो खेलमा बागमती प्रदेशसँग पराजित भएको पुलिसले बुधबार सुदूरपश्चिम प्रदेश टोलीमाथि ९ विकेटको शानदार जित हासिल गरेको थियो ।

सेमिफाइनल यात्रा निश्चित गर्नका लागि आजको खेल दुवै टोलीका लागि जित्नैपर्ने हुन्छ । लुम्बिनीले यसअघि सुदूरपश्चिममाथि जित निकालेको थियो ।

मूलपानी मैदानमा हुने अर्को खेलमा समूह ए को एपीएफले गण्डकी प्रदेशबिरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने भएको छ । गण्डकीको यो चौथो खेल हो ।

यसअघि उसले प्रदेश १ माथि जित हासिल गरेको थियो भने कर्णाली र त्रिभुवन आर्मी क्लबसँग पराजय ब्यहोरेको थियो । एपीएफको भने यो दोस्रो खेल हो । एपीएफले यसअघि प्रदेश १ लाई पराजित गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *