राष्ट्रपति बाइडेनलाई प्रधानमन्त्री ओलीद्वारा बधाइ, सँगै मिलेर काम गर्ने चाहना व्यक्त – Nepal Press

राष्ट्रपति बाइडेनलाई प्रधानमन्त्री ओलीद्वारा बधाइ, सँगै मिलेर काम गर्ने चाहना व्यक्त

काठमाडौं । नयाँ अमेरिकी राष्ट्रपति जो बाइडेनलाई प्रधानमन्त्री केपी शर्मा ओलीसहित विभिन्न देशका सरकार एवं राष्ट्र प्रमुखले पनि बधाइ तथा शुभकामना दिएका छन् ।

प्रधानमन्त्री ओलीले ट्वीट गर्दै कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका छन् । नेपाल र अमेरिकाको मैत्रीपूर्ण र परम्परागत मित्रवत सम्बन्धलाई सुदृढ बनाउन मिलेर काम गर्ने इच्छा नेपाली प्रधानमन्त्रीले व्यक्त गरेका छन् ।

बाइडेनलाई बधाइ दिने अन्तराष्ट्रिय नेतामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अगाडि देखिए । लगत्तै उनले ट्वीट गर्दै बाइडेनको कार्यकालमा भारत र अमेरिकाको द्धिपक्षीय सम्बन्ध बलियो हुने उल्लेख गरेका छन् ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले समेत बधाइ दिने बेलायत र अमेरिकी सम्बन्ध नयाँ उचाइमा पुग्ने आशा व्यक्त गरेका छन्। क्यानेडेली प्रधानमन्त्री जस्टिन टु्रडोले पनि बधाइ एवं शुभकामना व्यक्त गरेका छन् ।

जापानी प्रधानमन्त्री यासिते सुगा, चिलीक राष्ट्रपति सबास्टियन पेरेरा, पाकिस्तानी प्रधानमन्त्री इमरान खान, क्रिस्चियन धर्मगुरु पोपले पनि बधाइ दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर