सह-सचिव सुवेदी सचिवमा बढुवा – Nepal Press

सह-सचिव सुवेदी सचिवमा बढुवा

काठमाडौं । सरकारले सह–सचिव भरतमणि सुवेदीलाई सचिवमा बढुवा गरेको छ ।

लोक सेवा आयोगका अध्यक्षको संयोजकत्वमा रहेको बढुवा समितिले दोस्रो नम्बरमा सिफारिस गरेका मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय लुम्बिनी प्रदेशमा रहेका सह–सचिव सुवेदीलाई गतसाता बसेको मन्त्रिपरिषद बैठकले सचिवमा बढुवा गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लम्बिनीमा कार्यरत सुवेदीलाई सरकारले बढुवागरेसँगै कार्यालयकै प्रमुख सचिवमा पदस्थापन पनि गरेको छ ।

लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा गत साता बसेको बढुवा समितिको बैठकले पहिलो नम्बरमा सुमनराज अर्याल, दोस्रो नम्बरमा भरतमणी सुवेदी र तेस्रो नम्बरमा मुकुन्द पौडेलको नाम सिफारिस गरेको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आफ्नो वेबसाइटमा नै नेपाल सरकारका मुख्य सचिव, सचिव तथा विशिष्ट श्रेणीका अधिकृत नामावलीमा उनको नाम मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय लुम्बिनी प्रदेश प्रमुख सचिवमा राखेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लम्बिनी प्रदेशको वेबसाइटमा पनि उनको नाम प्रमुख सचिवमा राखिसकेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर