नेपाल प्रेसको सम्पादकमा पौडेल – Nepal Press

नेपाल प्रेसको सम्पादकमा पौडेल

काठमाडौं । नेपाल प्रेस डटकमको सम्पादकमा चिरञ्जीवी पौडेल नियुक्त भएका छन् । नेपाल इ.प्रेस मिडिया प्रालिले पौडेललाई बुधबारबाट सम्पादक नियुक्त गरेको हो ।

विगत दुई दशकदेखि पत्रकारितामा क्रियाशील पौडेल यसअघि अनलाइन खबरमा एसोसिएट एडिटर र नयाँ पत्रिका दैनिकमा समाचार सम्पादक थिए । उनले राजनीति, अन्तर्राष्ट्रिय मामला, अर्थतन्त्र, खेलकुद, मनोरञ्जनलगायतका विधामा कलम चलाउँदै आएका छन् ।

पौडेललाई नेपाल प्रेस व्यवस्थापनले बुधबार कार्यालयमा औपचारिक स्वागत गर्यो । नेपाल प्रेसका प्रधान सम्पादक मात्रिका पौडेल, अध्यक्ष विन्दुराज लम्साल, प्रमुख कार्यकारी अधिकृत गणेश निरौलालगायत सम्पूर्ण टिमले उनलाई स्वागत गरेका थिए ।

त्यस अवसरमा प्रधानसम्पादक पौडेलले सम्पादक पौडेलको आगमनसँगै नेपाल प्रेसले नयाँ उँचाइ हासिल गर्ने विश्वास व्यक्त गरे । सम्पादक पौडेलले सम्पूर्ण व्यावसायिक धर्म निर्वाह गर्दै नेपाल प्रेसलाई माथि उठाउन प्रयास गर्ने बताए ।


प्रतिक्रिया

2 thoughts on “नेपाल प्रेसको सम्पादकमा पौडेल

  1. धेरै धेरै बधाई र शुभकामना चिरन्जीवी सर। तपाईंको नेतृत्वमा “नेपाल प्रेस”ले नेपाली पहिचान, परम्परा र पौरखको संरक्षण,संबर्द्धनमा अग्रणी भूमिका निर्वाह गर्न सकोस्। मूल धार मिडियाको नाममा विदेशी को अजेन्डा बोक्दै नेपाली समाजलाई भ्रममा राख्ने हरु बिरुद्ध “नेपाल प्रेस” ले आफूलाई कठोर रूपमा उभ्याउन सकोस्, धेरै धेरै शुभकामना।

Leave a Reply to Np sharma Cancel reply

Your email address will not be published. Required fields are marked *