कांग्रेसलाइ चुनाव लाग्यो, मतदाता नामावली अद्यावधिक गराउन परिपत्र – Nepal Press

कांग्रेसलाइ चुनाव लाग्यो, मतदाता नामावली अद्यावधिक गराउन परिपत्र

काठमाडौं । पार्टीभित्र निर्वाचनको तयारी गर्ने वा आन्दोलनलाई निरन्तरता दिने भन्नेमा साझा धारणा नबन्दै नेपाली कांग्रेसले निर्वाचनको तयारी सुरु गरेको छ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालयले निर्वाचन तयारी स्वरुप मतदाता नामावली अध्यावधिक गर्न जिल्ला कार्यसमितिहरुलाई परिपत्र गरेको छ ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले माघ ५ गते जिल्ला कार्यसमितिहरुलाई परिपत्र पठाउँदै निर्वाचन आयोगले तोकेबमोजिम मतदाता नामावली अध्यावधिक कार्यक्रममा सक्रियताका साथ भाग लिन निर्देश गरेका हुन् ।

‘मतदाता नामावली अध्यावधिक कार्यक्रमका सम्बन्धमा आम नागरिकहरुलाई सुसूचित गर्नका लागि जिल्ला कार्यसमिति मातहतका पार्टीका सबै निकायहरुलाई यथाशक्य छिटो सूचना प्रवाह गर्नु गराउनु हुन निर्देशानुसार जानकारी गराइन्छ’ कांग्रेसको परिपत्रमा उल्लेख छ ।

निर्वाचन आयोगले यही माघ १५ गतेदेखि माघ २१ गतेसम्म देशभरका स्थानीय तहका ७ सय ५३ वटै केन्द्रमा मतदाता नामावली अद्यावधिक गर्दैछ । कांग्रेस सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतबाट संसद विघटन सदर भए निर्वाचनमा होमिने बताइसकेका छन् । निर्वाचन हुने अवस्था बनेमा पार्टीका कार्यकर्ता एवं शुभचिन्तकहरु मतदाता नामावलीमा समेटिन नछुटुन् भन्ने उद्देश्यले परिपत्र गरिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर