ह्याम्स अस्पतालको नक्कली पिसिआर रिपोर्ट बनाएर दुबई जान खोज्ने पक्राउ
नेपाल प्रेस
२०७७ माघ ७ गते १३:०६
काठमाडौं । ह्याम्स अस्पतालको नक्कली पिसिआर रिपोर्ट बनाएर दुबई जान खोज्ने एक जना पक्राउ परेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट दुबई जान खोज्ने राहदानी नम्बर १०३६९९०८ वाहक बारा बारागढी ५ घर भएका सुदिप चौधरीलाई हेम्स अस्पतालको नक्कली पिसिआर रिपोर्ट सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
उनलाई फ्लाई दुबईको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेको अवस्थामा पिसिआर रिपोर्ट नक्कली भएको खुलेपश्चात प्रहरीले पक्राउ गरेको हो । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया