सुनसरीको दुहबीमा माइक्रो बस दुर्घटना: ३ जनाको मृत्यु, ८ घाइते – Nepal Press

सुनसरीको दुहबीमा माइक्रो बस दुर्घटना: ३ जनाको मृत्यु, ८ घाइते

सुनसरी । सुनसरीको दुहबीबाट इनरुवातर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ज ३८६८नम्बरको माईक्रोमा विपरीत दिशाबाट आउँदै गरेको ३४ प ४६९४ नम्बरको मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सप्तरी राजविराजका शंकर यादव, सुनसरी इनरुवा ३ का बर्खी मण्डलको पहिचान खुलेको ट्राफिक प्रहरी कार्यालय दुहबीका ईन्चार्ज गोपाल श्रेष्ठले जानकारी दिए ।

घाइतेहरुको विराटनगर अस्पताल र दुहबीको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर