कर्णालीसँग ५ विकेटले हार्यो गण्डकी, हिमान्शुको अर्धशतक – Nepal Press

कर्णालीसँग ५ विकेटले हार्यो गण्डकी, हिमान्शुको अर्धशतक

काठमाडौं । हिमान्शु शाहीको अविजित अर्धशतक प्रेरित कर्णाली प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशलाई ५ विकेटले पराजित गरेको छ ।

मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको गण्डकीले ४२।३ ओभरमा सबै विकेट गुमाएर २०४ रनको योगफल तयार गरेको थियो । २०५ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको कर्णालीले ३६। ५ ओभरमा मात्र ५ विकेट गुमाएर भेट्टायो ।

कर्णालीका लागि ६० बलको सामना गरेका हिमान्शु साहीले ७ चौकासहित अविजित ६८ रनको योगदान गरे ।

कर्णालीका ओपनर निश्चल रावल शून्यमा पेभेलियन फर्केका थिए । तर, अर्का ओपनर बिपिन खत्रीले ४५ बलमा ४ चौकासहित ४९ रनमा आउट हुँदा अर्धशतक बनाउन चुकेका थिए ।

त्यस्तै, हेमन्त ओलीले २९ र राज शाहीले ३२ रन बनाउँदा अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

गण्डकीका लागि कप्तान बिपिन खत्रीले १० ओभरमा ५५ रन खर्चेर सर्वाधिक ४ तथा सुवाष भण्डारीले १ विकेट लिए ।

जितसँगै दुई खेलबाट २ अंक जोडेको कर्णाली समूह ‘ए’को तेस्रो स्थानका उक्लिएको छ । ३ खेलबाट २ अंक जोडेको गण्डकी चौथो स्थानमा छ । दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

यसअघि गण्डकीका लागि ६४ बलको सामना गरेका राहुलले ६ चौका र तीन छक्कासहित ५३ रनको महत्त्वपूर्ण इनिङ खेले ।

त्यस्तै, ओपतर अर्जुन कुमालले १०६ बलमा ६ चौकासहित ४६ रन बनाएर पेभेलियन फर्किँदा कप्तान बिपिन खत्रीले ३२, विशाल पौडेलले १५ तथा दिनेश बुढामगरले १० रनको योगदान गरे । अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् भने मिलन लुइटेल १ रनमा अविजित रहे ।

बलिङतर्फ कर्णालीका दिनेश अधिकारीले ६।३ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । त्यस्तै अनुज चुनरा र दिवान पुनले २र२ विकेट लिँदा रबिन्द्र शाहीको नाममा १ विकेट रह्यो ।

पहिलो खेलमा प्रदेश १ लाई २ विकेटले जितेको गण्डकीले दोस्रो खेमा त्रिवुभन आर्मी क्लबसँग ९८ रनको पराजय भोगेको थियो ।

त्यस्तै, पहिलो खेलमा आर्मीसँग ८० रनको पराजय बेहोरेको कर्णालीको यो दोस्रो खेल हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *