आफूपक्षीय पत्रकारलाई माधव नेपालको निर्देशन – ओलीले मेरो हुर्मत लिए, सबै फेहरिस्त लेखिदिनुस् – Nepal Press

आफूपक्षीय पत्रकारलाई माधव नेपालको निर्देशन – ओलीले मेरो हुर्मत लिए, सबै फेहरिस्त लेखिदिनुस्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-माधव) पक्षका अध्यक्ष माधवकुमार नेपालले पार्टीको सर्वोच्च स्थानमा बसेकाबाट नै उपलब्धि मास्ने काम भएको टिप्पणी गरेका छन् ।

‘केपी ओली ऐजरु हो। तपाईंहरू खोजी पत्रकारिता गर्नु हुन्छ । केपी ओलीको झुठो कुरामाथि पनि खोजी गर्नुहोस् ‘, आफूपक्षीय पत्रकारहरूको भेलालाई सम्बोधन गर्दै नेपालले भने, ‘यही सरकारबाट प्रेसको घाँटी निमोठ्ने काम गरियो । केपी ओलिका सबै गलत फेहरिस्त ल्याउनुहोस् । उनी जहिले पनि असहयोगी नेता हो । मेरो हुर्मत लिने काम गर्नु भएको छ ।’

‘हामी सबैको साझा उद्देश्‍य परिवर्तनको रक्षा हो । यो यात्रामा तपाईंहरूको भूमिका महत्त्वपूर्ण छ । संचारका सबै माध्यमबाट सकारात्मक भूमिका खेल्नुहोस् । अहिले साइबर सेना बनेको छ रे । तपाईंहरु त्यसविरुद्ध लाग्नुहोस । त्यस्ले केही गर्न सक्दैन । त्यो झुसिल कीरा मात्रै हो’, नेपालले भने ।

उनले थपे– ओलीले प्रचण्ड र मलाई भर्‍याङ बनाउनु भो। उहाँ एकै दिन एउटा पद तीन जनालाई दिन सक्ने मान्छे । उहाँ झुठको पुलिन्दा हो। केपी ओलि एमाले हो ? ओरिजिन एमाले भन्ने हो भने माधव नेपाल हो। अब त्यता फर्किने बेला होइन । ओली प्रतिगमनका प्रतीक हुन् ।

 


प्रतिक्रिया

One thought on “आफूपक्षीय पत्रकारलाई माधव नेपालको निर्देशन – ओलीले मेरो हुर्मत लिए, सबै फेहरिस्त लेखिदिनुस्

  1. Do you have any ‘hurmat ‘ left? Tapaiko barema kaslai thaha chhaina ra? Tike and haruwa padka bhoka bhanera.

Leave a Reply to Bel Gurung Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर