मनोरन्जन क्षेत्रका श्रमिक महिलालाई शक्ति समूहको खाद्यान्न र औषधि सहयोग – Nepal Press

मनोरन्जन क्षेत्रका श्रमिक महिलालाई शक्ति समूहको खाद्यान्न र औषधि सहयोग

काठमाडौं । मानव बेचबिखनविरुद्ध क्रियाशील शक्ति समूहले कोभिडका कारण रोजगारी गुमाएका मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिकहरुलाई स्वास्थ्य तथा खाद्य सामग्री उपलब्ध गराएको छ ।

मानव बेचविखन प्रभावित तथा मनोरन्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुलाई खाध्यान्न तथा स्वास्थ्यसम्बन्धी सामग्रीहरु ओयुआर संस्थाको आर्थिक सहयोगमा वितरण गरिएको शक्ति समूहले जनाएको छ ।

कोभिड १९ र त्यसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनका कारण लामो समय होटल तथा रेष्टुरेन्ट व्यवसाय बन्द भएपछि त्यहाँ कार्यरत श्रमिकहरुको अवस्था नाजकु बनेको छ ।

उनीहरुलाई खान र उपचार गर्न समेत समस्या देखिन थालेपछि शक्ति समूहले विभिन्न संस्थाहरुसँग मिलेर राहत व्यवस्था गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर