नेपालीको उद्धारमा निगमको  जहाज आज राती मकाउ जाँदै – Nepal Press

नेपालीको उद्धारमा निगमको  जहाज आज राती मकाउ जाँदै

काठमाडौं । मकाउमा कार्यरत नेपालीहरुको उद्धारका लागि नेपाल वायुसेवा निगमको  जहाज मंगलबार राती मकाउ जाने भएको छ ।

कोरोना भाइरसका कारण रोजगार गुमाएका नेपालीको उद्धारमा आज राती ११ः३५ मा जहाज मकाउ जान लागेको नेपाल निगमका प्रवन्ध निर्देशक डिम प्रकाश पौडेलले जानकारी दिए ।

उनका अनुसार कुनै पनि जहाज सस्तो मूल्यमा मकाउ जान नमानेपछि निगमको  जहाज त्यस क्षेत्रमा जान लागेको हो ।
कोरोनाका कारण रोजगार गुमाएका नेपालीले आफ्नै पैसामा नेपाल फर्किन लागेका हुन् ।

निगमको  जहाज  ‘एयर क्राफ्ट ए ३२०’ ले एक सय ४७ जनालाई नेपाल ल्याउने छ । बुधबार विहान ६ बजे मकाउ पुग्ने यएरलायन्स क्याप्टेन दिपुराज ज्वारचनले लैजाने भएका छन् ।

मकाउमा अवर परेर बसेका अन्य नेपालीलाई पुनः केही समयपछि नेपाल एयरलायन्सले नै नेपाल ल्याउनेमा छलफल भइरहेको प्रवन्ध निर्देशक पौडेले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर