गण्डकीले कर्णालीलाई दियो २०५ रनको लक्ष्य – Nepal Press

गण्डकीले कर्णालीलाई दियो २०५ रनको लक्ष्य

काठमाडौं । राहुल उपाध्यायको अर्धशतकप्रेरित गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत मूलपानी क्रिकेट मैदानमा कर्णाली प्रदेशलाई २०५ रनको विजय लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको गण्डकीले ४२.३ ओभरमा सबै विकेट गुमाएर २०४ रनका योगफल तयार गरेको हो । गण्कीका लागि ६४ बलको सामना गरेका राहुलले ६ चौका र तीन छक्कासहित ५३ रनको महत्त्वपूर्ण इनिङ खेले ।

त्यस्तै, ओपतर अर्जुन कुमालले १०६ बलमा ६ चौकासहित ४६ रन बनाएर पेभेलियन फर्किँदा कप्तान बिपिन खत्रीले ३२, विशाल पौडेलले १५ तथा दिनेश बुढामगरले १० रनको योगदान गरे । अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् भने मिलन लुइटेल १ रनमा अविजित रहे ।

बलिङतर्फ कर्णालीका दिनेश अधिकारीले ६.३ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । त्यस्तै अनुज चुनरा र दिवान पुनले २/२ विकेट लिँदा रबिन्द्र शाहीको नाममा १ विकेट रह्यो ।

पहिलो खेलमा प्रदेश १ लाई २ विकेटले जितेको गण्डकीले दोस्रो खेमा त्रिवुभन आर्मी क्लबसँग् ९८ रनको पराजय भोगेको थियो ।

त्यस्तै, पहिलो खेलमा आर्मीसँग ८० रनको पराजय बेहोरेको कर्णालीको यो दोस्रो खेल हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर