काठमाडौंको सोल्टी सिटी अपार्टमेन्टमा भीषण आगलागी (फोटो फिचर) – Nepal Press
काठमाडौंको सोल्टी सिटी अपार्टमेन्टमा भीषण आगलागी (फोटो फिचर)
निशान्त सिंह गुरुङ्ग २०७७ माघ ५ गते १४:४९
२०७७ माघ ५ गते १४:४९

काठमाडौं । काठमाडौंको रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा भीषण आगलागी भएको छ ।

अपरान्ह शुरु भएको आगलागी नियन्त्रणमा आउन सकेको छैन । अहिलेसम्म केही अपार्टमेन्टका भागहरु जलेर नष्ट भइसकेको प्रत्यक्षदर्शीले बताएका छन् ।

दमकल पुगेर सुरक्षाकर्मी सहित आगो नियन्त्रणमा लिने प्रयास भइरहेको कालिमाटी प्रहरीले जनाएको छ ।