औषधि तथा सर्जिकल सामान चोरी गरेको अभियोगमा पक्राउ – Nepal Press

औषधि तथा सर्जिकल सामान चोरी गरेको अभियोगमा पक्राउ

भक्तपुर । मध्यपुर ठिमी नगरपालिका २ सानोठिमीस्थित दिव्य ज्योती साईटिफिक ट्रेडिङ कन्सर्नको गोदामबाट औषधि तथा सर्जिकल सामानहरु चोरी गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।

प्रहरीले गोदामबाट औषधि तथा सर्जिकल सामानहरु चोरी गरेको आरोपमा मध्यपुर ठिमी नगरपालिका -२ सानोठिमी बस्ने २२ वर्षीय रिजन थापा मगर लगायत ४ जनालाई आइतबार राति पक्राउ गरेको छ ।

उनीहरुले पुस २५ गते उक्त गोदामबाट औषधि तथा सर्जिकल सामानहरु रिजनको घरमा लुकाई छिपाई राखेका थिए ।

महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरबाट खटिएको प्रहरीले चोरी गरेको ३५ थान ETHANOL ABSOLUTE AR GRADE, १० थान OXYGEN FINE ADJUSTMENT VALVE लगायतका विभिन्न औषधी तथा सर्जिकल सामानसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरु विरुद्ध थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *