काठमाडौंमा मनमोहन पार्क बन्ने, ईश्वर पोखरेलले गरे शिलान्यास – Nepal Press

काठमाडौंमा मनमोहन पार्क बन्ने, ईश्वर पोखरेलले गरे शिलान्यास

काठमाडौं । काठमाडौं महानगरपालिका– ४ मा मनमोहन पार्क बन्ने भएको छ । पार्कको आइतबार उपप्रधानमन्त्री ईश्वर पोखरेलले शिलान्यास गरेका छन् । ११ रोपनी क्षेत्रफलमा पार्क बन्न लागेको हो ।

पार्क शिलान्यास गर्दै उपप्रधानमन्त्री पोखरेलले संसद विघटन बाध्यात्मक परिस्थितिको उपज भएको तर्क गरे । सरकार चल्नै नसक्ने स्थिति भएपछि ताजा जनादेशमा जानु परेको उनको भनाइ थियो ।

त्यस्तै कार्यक्रममा प्रदेश सांसद नारायण सिलवालले पार्क बनाउन बजेट बिनियोजन गरेकामा काठमाडौं महानगरपालिकाप्रति आभार व्यक्त गरे ।

त्यस्तै कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले नेपाली कांग्रेसका नेता गगन थापालाई राष्ट्रपतिसँग नभइ महानगरपालिकाका वडा सदस्यसँग चुनाव लडेर देखाउन चुनौती दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर