चेल्सीको जितमा माउन्टको निर्णायक गोल – Nepal Press

चेल्सीको जितमा माउन्टको निर्णायक गोल

एजेन्सी । म्यासन माउन्टको निर्णायक गोलप्रेरित चेल्सीले इङ्लिस प्रिमियर लिगमा शनिबार राति फुल्ह्यामलाई ०-१ को नतिजामा पराजित गरेको छ ।

फुल्ह्यामको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको थियो । तर, ४४औं मिनेटमा चेल्सीक कप्तान सिजर एज्पिलिक्युएटामाथि खराब ट्याकल गरेका कारण फुल्ह्यामका एन्टोनी रोबिन्सन रातो कार्डको सामना गरेर बाहिरिसकेका थिए ।

दश जनामा सीमित भएको फुल्ह्याममाथि निरन्तर दबाब बनाएको चेल्सीका लागि ७७औं मिनेटमा माउन्टले गरेको एक मात्र गोल निर्णायक बन्यो । जितसँगै चेल्सी १८ खेलबाट २९ अंक जोडेर तालिकाको सातौं स्थानमा उक्लिएको छ ।

पराजित फुल्ह्याम १७ खेलबाट १२ अंक जोडेर १८औं स्थानमा सीमित छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *