प्रतिनिधिसभा पुन:स्थापना भए पार्टी एकता हुने घनश्याम भुसालको विश्लेषण – Nepal Press

प्रतिनिधिसभा पुन:स्थापना भए पार्टी एकता हुने घनश्याम भुसालको विश्लेषण

रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड नेपाल समूहका नेता घनश्याम भुसालले संसद पुन:स्थापना भए पार्टी एकता जोगिने बताएका छन् ।

संसद विघटनपछि नेकपा दुई भागमा बाँडिएकोमा संसद पुन:स्थापना हुँदा पार्टी एकीकृत हुने र त्यसपछि प्रधानमन्त्रीले चालेको कदमको गम्भीर समीक्षा हुने उनको भनाइ छ ।

रुपन्देहीको नेकपा तिलोत्तमा नगर कमिटीले शनिबार मणिग्राममा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै नेता भुसालले संसद पुनःस्थापनाको विकल्प नभएको स्पष्ट दोहोर्‍याउँदै उनले सेटिङ्गबाहेक अर्को कुनै तरिकाले संसद पुन:स्थापनालाई रोक्न नसक्ने दाबी गरे ।

संसद पुन:स्थापना नभए मुलक डरलाग्दो भूमरीमा फस्ने र अहिलेसम्म प्राप्त उपलब्धिहरु नाँसिने उनको तर्क छ । न्यायलयलाई प्रभावित पार्न नदिनको लागि दबाब दिनुपरेकोले सडक आन्दोलन गर्नुपरेको बताउँदै नेता भुसालले तीन महिनाभित्र संसद पुन:स्थापना हुने विश्वास व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर