न्यायाधीश भेटेको छैन, सपनाबाहेक अरुलाई चिन्दा पनि चिन्दिनँ : प्रधानमन्त्री ओली – Nepal Press

न्यायाधीश भेटेको छैन, सपनाबाहेक अरुलाई चिन्दा पनि चिन्दिनँ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतका न्यायाधीशलाई आफूले नभेटेको प्रष्टीकरण  दिएका छन् । शनिबार काठमाडौंमा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले यसपटक नभएर न्यायाधीशलाई कहिल्यै नभेटेको प्रतिक्रिया दिए ।

‘सपना मल्ल प्रधानलाई वकिल हुँदा कुनै कार्यक्रममा देखेको हो । अरुलाई त देखेको पनि छैन । सायद चिनेको पनि छैन’ उनले भने । प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ हुने क्रममा शुक्रबार न्यायाधीशलाई भेटेको भन्दै संबैधानिक इजलासमै प्रश्न उठेको थियो । दाहाल–नेपाल समूहकी नेतृ शशी श्रेष्ठले इजलासमा प्रश्न उठाएकी थिइन् ।

तर, प्रधानन्यायाधीश चोलेन्द्र जबराले यस्तो कुरा यहाँ नगर्नूस भन्दै रोकेका थिए ।


प्रतिक्रिया

One thought on “न्यायाधीश भेटेको छैन, सपनाबाहेक अरुलाई चिन्दा पनि चिन्दिनँ : प्रधानमन्त्री ओली

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर