बिनाकुनै निर्णय सकियो प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक, भोलि फेरि बस्ने – Nepal Press

बिनाकुनै निर्णय सकियो प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक, भोलि फेरि बस्ने

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष)को स्थायी कमिटी बैठक विभिन्न विषयमा छलफल गरेर सकिएको छ।

पेरिसडाँडास्थित पार्टी कार्यालयमा दिउँसो तीन बजेदेखि सुरु भएको बैठकमा प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनबारे छलफल भएको स्थायी कमिटी सदस्य वेदुराम भुसालले जानकारी दिए। ‘आन्दोलनबारे साथीहरुले रिपोर्टिङ गर्नुभयो,’ नेपाल प्रेससँग उनले भने, ‘आज छलफल मात्रै भयो । कुनै निर्णय भएको छैन।’

त्यस्तै बैठकमा पार्टी एकताका बाँकी कामबारे छलफल भए पनि कुनै निर्णय नभएको अर्का स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले जानकारी दिए। २० पुसमा बसेको स्थायी कमिटी बैठकले अध्यक्ष माधव नेपालको नेतृत्वमा कार्यदल बनाएको थियो। सात दिन भित्र प्रतिवदेन दिने ‘म्यान्डेड’ पाएको कार्यदलले अहिलेसम्म विषय टुंग्याउन सकेको छैन।

स्थायी कमिटीको अर्को बैठक भोलि ११ बजे बस्ने छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर