संसद विघटनविरुद्ध नेविसंघको प्रदर्शन, १८ जना प्रहरी नियन्त्रणमा – Nepal Press

संसद विघटनविरुद्ध नेविसंघको प्रदर्शन, १८ जना प्रहरी नियन्त्रणमा

विजय गजमेर २०७७ पुष २९ गते १७:५५
२०७७ पुष २९ गते १७:५५

प्रतिनिधिसभा विघटनविरुद्ध ‘केश मुण्डन’ सहित प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मध्य बानेश्वरस्थित एपेक्स कले अगाडि नेविसंघ नेता नवराज त्रिपाठीको नेतृत्वमा प्रदर्शन गर्ने १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको नेविसंघ नेता मनिष सिंखडाले जानकारी दिए । केश मुण्डन गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरेपछि नेविसंघ कार्यकर्ता सन्तोष चौधरी घाइते भएका छन् । प्रदर्शनमा सहभागि विद्यार्थीहरुले प्रतिनिधिसभा विघटनविरुद्ध नाराबाजी गरेका थिए ।