भारतले भनेर ओलीले पार्टी विभाजन र संसद विघटन गरेको प्रचण्डको आरोप (भिडियो) – Nepal Press

भारतले भनेर ओलीले पार्टी विभाजन र संसद विघटन गरेको प्रचण्डको आरोप (भिडियो)

काठमाडौं । विभाजित नेकपाका अध्यक्ष प्रचण्डले भारतले भनेर प्रधानमन्त्री केपी ओलीले पार्टी विभाजन र संसद विघटन गरेको आरोप लगाएका छन् ।

प्रज्ञा भवनमा बुधवार आयोजित कार्यकर्ता भेलामा अ‍ोलीप्रति तीब्र आक्रोशमा आएका प्रचण्डले बालुवाटारमा तीन तीन घण्टा भारतीय गुप्तचर प्रमुखसँग ‘गुफ्तवार्ता ’ गरेको आरोप लगाए ।

प्रचण्डले भने–अस्ति असारमा उहाँले मलाई भारतले हटाउन खोजेको छ,मेरा साथीले पनि हटाउन खोजेका छन् भन्नुभयो, हामीले त्यो बेला हटाएनौं । अहिले त उहाँले गरेको साना जनदताल बुझे नि । भारतले भनेर तपाईले विघटन गर्नुभयो । यसलाई तपाई के भन्नुहुन्छ केपी जी  ? तर मैले यहाँ भारतलाई केही भनिरहेको छैन,भ्रम नहोस ।

प्रचण्डले जी न्युजलाई बोलाएर ओलीले नाटक देखाएको भन्दै सगरमाथामा जी न्युजका सम्पादकले नाटकको पटाक्षेप गरेको आरोप समेत लगाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर