प्रचण्डको चेतावनी– सूर्य चिन्ह हामीले नपाए देशमा ‘कयामत’ आउनेछ – Nepal Press

प्रचण्डको चेतावनी– सूर्य चिन्ह हामीले नपाए देशमा ‘कयामत’ आउनेछ

काठमाडौं । विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सूर्य चिन्ह नपाए देशमा ‘कयामत’ हुने चेतावनी दिएका छन् । प्रचण्ड–माधव नेपाल पक्षधर नेकपाको काठमाडौं जिल्ला भेलालाई बुधवार सम्बोधन गर्दै प्रचण्डले निर्वाचन आयोग र सर्बोच्च अदालतलाई चेतावनीको भाषा दिँदै कयामत हुने बताएका हुन् ।

प्रचण्डले भने– निर्वाचन आयोगले विश्वास दिलाएको छ । सूर्य चिन्ह र पार्टीको आधिकारिकता हाम्रै हुन्छ । यदि भएन भने यहाँ ‘कयामत’ आउछ, यो देशमा आँधिहुरी वतास आउछ । केपी ओलीले संविधाान मिचेर छुरा धसे जस्तै अरु संवैधानिक निकायले पनि त्यसै गरे भने जनता हेरेर बस्दैनन् ।

दुई तिहाई बहुमतले हटाइसकेको केपी ओलीलाई निर्वाचन आयोगले अध्यक्षकै रुपमा मानेर पत्राचार गरेकोमा पनि आफूहरुले आपत्ति जनाइसकेको जानकारी प्रचण्डले दिए ।

केपी ओलीप्रति आक्रोशित रुपमा प्रस्तुत भएका प्रचण्डले ओली निर्घिणी र जोकरका रुपमा प्रस्तुत भएको टिप्पणी गरे । उनले मान्छेलाई भ्रममा पार्ने कला ओलीमा रहेको बताए ।


प्रतिक्रिया

One thought on “प्रचण्डको चेतावनी– सूर्य चिन्ह हामीले नपाए देशमा ‘कयामत’ आउनेछ

Leave a Reply to Bel Gurung Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर