अतिक्रमित जग्गामा अख्तियारको चासो, तुलसीपुर उपमहानगरपालिकालाई पत्र काट्यो (पत्रसहित) – Nepal Press
नेपाल प्रेस समाचार प्रभाव

अतिक्रमित जग्गामा अख्तियारको चासो, तुलसीपुर उपमहानगरपालिकालाई पत्र काट्यो (पत्रसहित)

दाङ । तुलसीपुर उपमहानगरपालिकाकाको नाममा दर्ता श्रेस्ता कायम भएको जग्गा अतिक्रमण भएकोप्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो देखाएको छ ।

नेपाल प्रेसले जग्गा अतिक्रमण गरी भू–माफियाले पक्की घर निर्माण गरी बिक्रीसमेत गर्दै आएको बारेमा समाचार लेखेपछि अख्तियारले चासो देखाएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जले उपमहानगरको जग्गा अतिक्रण भएको हो कि होइन ? भन्दै जवाफ माग गरेको छ ।

अख्तियारले पुष २३ गते तुलसीपुर उपमहानगरपालिकालाई पत्र लेख्दै जग्गा अतिक्रमण बारेमा जवाफ मागेको हो । ‘साविक तुलसीपुर ५ ख कित्ता नम्वर ५४४, ५४५ र ८१२ को जग्गा अतिक्रमण गरी पक्की घर निर्माण भएको भन्ने सम्बन्धमा के कसो भएको हो ? भन्दै
अख्तियारले अतिक्रमण भएको भए कुनै कार्वाही भएको छ कि छैन ?’ भन्दै उपमहानगरलाई प्रश्न सोधेको छ ।

अख्तियारले उपमहानगरपालिको प्रतिक्रिया माग्दै अतिक्रमणमा परेका तीनवटा कित्ता नम्वरको जग्गा धनी प्रमाणपुर्जाको प्रमाणित प्रतिलिपी पत्र प्राप्त भएको मितिले १० दिनभित्र पठाउनसमेत निर्देशन दिएको छ । उपमहानरले अख्तियारको पत्र पुष २६ गते प्राप्त गरेको थियो ।

अतिक्रमणमा परेको तुलसीपुर उपमहानगरको ८१२ नम्बर कित्ता उपमहानगरको मुख्य कार्यालय परिसरमै पर्छ । उक्त कित्ता नम्बरको जग्गा अतिक्रमण गरी ३ वटा पक्की घर निर्माण गरिएको छ ।

उक्त जग्गामा तुलसीपुरमा समाजसेवी भनेर चिनिने एकान्त होटेलका संचालक टेकराम खड्काले समेत तीनतले पक्की घर बनाएका छन् । अतिक्रमण गरिएकामध्ये कित्ता नम्बर ५४४ र ५४५ मा पर्ने जग्गा भने नयाँ बसपार्क क्षेत्रमा पर्छ ।

तुलसीपुर उपमहानगरले अतिक्रमण भएको जग्गा खाली गर्न पटक–पटक र्सावजनिक सूचना जारी गरिसकेको छ ।

यो पनि पढ्नुहोस्

सरकारी जग्गामा ‘समाजसेवी’को घर !

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर