सरकारका प्रवक्ता भन्छन्– ढाडमा टेकेर टाउकोमा हान्ने प्रचण्डको रणनीति असफल भइसक्यो – Nepal Press

सरकारका प्रवक्ता भन्छन्– ढाडमा टेकेर टाउकोमा हान्ने प्रचण्डको रणनीति असफल भइसक्यो

काठमाडौं । सरकारका प्रवक्ता पार्वत गुरुङले माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्ने प्रचण्डको रणनीतिलाई प्रधानमन्त्रीले असफल बनाइदिएको दावी गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहेका नेकपा नेता गुरुङले मुलुक अब निर्वाचनमा होमिएको बताए ।

क्रियाशील दलित पत्रकार संघ, नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री गुरुङले भने– प्रचण्डले माधव नेपालको ढाडमा टेकेर प्रधानमन्त्रीको टाउको हान्ने रणनीति लिएर लोकतान्त्रिक गणतन्त्रकै हान्न खोज्नुभउको थियो । जनयुद्धकालमै असफल भईसकेको त्यो रणनीति आज पनि सफल हुन सक्दैन ।

मन्त्री गुरुङले चुनाव हुन्छ कि हुँदैन भन्ने भ्रममा नपर्न पनि सबैलाई आग्रह गरे । “ताजा जनादेशमा जाने कुरा प्रतिगामी हुुन सक्दैन, असंवैधानिक हुन सक्दैन,” सरकारका प्रवक्ताले भने “मलाई के लाग्छ भने आज सडक आन्दोलन गर्नेहरुले पनि चुनावकै तयारी गरिरहेको हो भन्ने स्पष्ट भईसकेको छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले समेत ‘चुनावका जाने बेला कहाँ संसद पुनस्र्थापना हुन्छ ?’ भनेको प्रसंगग उल्व्लेख गर्दै अब पुनःस्थापनाको भ्रममा कोही बस्न नहुने बताए । मन्त्री गुरुङले पत्रकारहरुले पनि मुलुकमा अस्थिरता ल्याउने, द्धन्द्धमा फसाउने, बलिरहेको आगोमा घिउ थप्ने खालका गतिविधि गर्न नमिल्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर