प्रचण्डले भने–अदालतले संसद पुनःस्थापना नगरे जनताको अदालतले गर्छ – Nepal Press

प्रचण्डले भने–अदालतले संसद पुनःस्थापना नगरे जनताको अदालतले गर्छ

न्यायाधीशहरुको अभिव्यक्ति आइसकेको छ, प्रतिनिधिसभा पुनःस्थापना हुन्छ

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सर्वाेच्च अदालतका न्यायाधीशरुको समेत अभिव्यक्ति सुनेपछि प्रतिनिधिसभा पुनःस्थापना हुनेमा आफू ढुक्क बनेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा पुनःस्थापना कुनै हालतमा नहुने भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै आएका प्रचण्डले मंगलबार पोखरामा आयोजित कार्यकर्ता भेलामा अदालतले संसद पुनःस्थापना गर्नेमा आफू विश्वस्त रहेको बताए ।

प्रचण्डले भने– सर्वाेच्चले संसद पुनःस्थापना गर्छ भन्नेमा मलाई पूर्ण विश्वास छ । यो कुनै काल्पनिक विश्वास होइन, कुराकानीका आधारमा हो । धेरैसँगको अन्तरक्रिया, संविधानविदहरुको कुरा र न्यायधीशहरुको अभिव्यक्ति सुनेपछि म ढुक्क भएको हुँ, तपाईहरु पनि ढुक्क हुनुस् संसद पुनःस्थापना हुन्छ ।

सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटनको मुद्दामा फैसला गरेमा वा अन्यथा भएमा सबैभन्दा ठूलो जन अदालत नै भएकाले आफूहरु जनअदालतमा जाने बताए । प्रचण्डले आफूहरु सर्वाेच्च अदालतप्रति विश्वस्त रहे पनि जनताको अदालत जागरुक बनाउने बेला आएको बताए ।

उनले भने– सर्वाेच्चले संविधानको सही ब्याख्या गर्छ । ढिलाइ भयो वा अन्यथा भयो भने सबैभन्दा ठूलो अदालत भनेको जनताको अदालतनै हो । जनताको अदालतले हिजो गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा ७-८ वर्षपछि संसद पुनःस्थापना गरेको थियो । हामी फेरि एकपटक जनताको साथमा जानुपर्ने हुनसक्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर