मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको मुद्दा हेर्दाहेर्दैमा – Nepal Press

मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । प्रतिनिधिसभा विघटनपछि गरिएको मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको मुद्दाको अर्को सुनुवाई माघ ११ गते हुने भएको छ ।

मंगलबार न्यायाधशीद्वय विश्वम्भरप्रसाद श्रेष्ठ, सुष्मालता माथेमाको संयुक्त इजलासमा बहस जारी रह्यो ।

पुस ५ गते प्रतिनिधिसभाको विघटनपश्चात पुस १० गते गरिएको मन्त्रिपरिषद विस्तार बदर गर्न माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता लोकेन्द्र ओली र अधिवक्ता केशरजंग केसीले सर्वोेच्चमा रिट दायर गरेका थिए ।

मंगलबार बहस नसकिएपछि हेर्दाहेर्दैमा राखेर माघ ११ गतेका लागि पेशी तोकिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर