बाघको छाला सहित तीन जना पक्राउ – Nepal Press

बाघको छाला सहित तीन जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका- ३१ शंखमुलबाट बाघको छालासहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका -५ बस्ने दोलखा जिरी नगरपालिका ६ घर भएका ४८ वर्षीय जय बहादुर जिरेल समेत ३ जना रहेका छन् ।

बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त नयाँ बनेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ परेको हो । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *