प्रचण्ड–माधव पक्षको सचिवालय बैठक पेरिसडाँडामा बस्दै, महासचिव तोक्ने विषयमा छलफल हुने – Nepal Press

प्रचण्ड–माधव पक्षको सचिवालय बैठक पेरिसडाँडामा बस्दै, महासचिव तोक्ने विषयमा छलफल हुने

काठमाडौं । विभाजित नेकपाको प्रचण्ड–माधव नेपाल पक्षधर सचिवालय सदस्यको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको छ । दोस्रो चरणको आन्दोलनका कार्यक्रम चलिरहेका बेला सो समूहले सचिवालय बैठकमा छलफल गर्न लागेको हो ।

नेकपाको साबिक सचिवालयका ९ जनामध्ये हाल प्रचण्ण्ड–माधव समूहमा चारजना छन् । वामदेव गौतम दुवै पक्षमा खुलेका छैनन् भने बाँकी चार नेता केपी ओली नेतृत्वको नेकपामा छन् ।

पार्टी विभाजनपछिको अवस्थामा संगठन समायोजन, जिम्मेवारी बाँडफाँड र महासचिव चयनलगायतका विषयमा पनि नेताहरुबीच छलफल हुने स्रोतले जनाएको छ ।

समायोजनका लागि सो समूहले माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर