प्रतिनिधिसभा विघटनविरुद्ध देशभर कांग्रेसको प्रदर्शन – Nepal Press

प्रतिनिधिसभा विघटनविरुद्ध देशभर कांग्रेसको प्रदर्शन

काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध नेपाली कांग्रेसले देशभरका ३३० वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटनलाई असंवैधानिक कदम भनेको कांग्रेसले पुनःस्थापनाको माग भने आधिकारिक रुपमा गरेको छैन ।

देशभरका निर्वाचन क्षेत्रमा भएका विरोधसभामा कांग्रेस नेताहरुले प्रधानमन्त्रीको कदम असंवैधानिक भएको बताएका छन् । सभापति शेरवहादुर देउवा काठमाडौं क्षेत्र नम्बर ५ को कार्यक्रममा सहभागी भएका छन् । प्रायः नेताहरु आ आफ्नो निर्वाचन क्षेत्रका कार्यक्रममा सहभागी भएका छन् । कांग्रेस नेताहरुले सर्बोच्च अदालतको फैसला पर्खिने भन्दै अदालतलाई दबाब दिने काम कतैबाट हुन नहुने बताएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर