प्रकाशमानको दावी– वैशाखमा कुनै हालतमा चुनाव हुन सक्दैन – Nepal Press

प्रकाशमानको दावी– वैशाखमा कुनै हालतमा चुनाव हुन सक्दैन

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वैशाखमा तोकिएको चुनाव कुनै हालतमा हुन नसक्ने भएकाले कांग्रेस आन्दोलनमा उत्रिएका बताएका छन् ।

नेपाली कांग्रेसले शनिबार काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता सिंहले प्रधानमन्त्रीले संविधानमाथि प्रहार गर्दा कांग्रेस चुप लागेर नबस्ने बताए ।

कांग्रेसले विभिन्न चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेअनुसार आज देशका ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध र्‍याली र सभा भइरहेका छन् ।

सोही क्रममा सिंहले काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्दैन दुई तिहाईको सरकार भन्ने तर संसदमा विश्वासको मत लिन नसक्ने सरकारले कसरी चुनावबाट जनताको मत लिन सक्छ भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *