नेपाली पासपोर्ट संसारकै खराबको सूचीमा, जापानी पासपोर्ट संसारमै शक्तिशाली – Nepal Press

नेपाली पासपोर्ट संसारकै खराबको सूचीमा, जापानी पासपोर्ट संसारमै शक्तिशाली

नेपाली पासपोर्ट संसारकै खराब एवं कमजोरमध्येको सूचिमा परेको छ । सबैभन्दा शक्तिशाली पासपोर्टको सूचिमा जापान पहिलो स्थानमा छ । कूल ११० मुलुकमध्ये नेपाली पासपोर्ट १०४ स्थानमा छ । नेपालसँगै द्धन्द्धग्रस्त मुलुक लिबिया पनि सोही स्थानमा परेको छ । सीएनएनले नेपाली पासपोर्टलाई खराबको सूचिमा राखेको छ ।

पासपोर्टबारे सूचि राख्ने विश्व चर्चित एजेन्सी हेन्ले पासपोर्ट इन्डेक्सले वर्ष २०२१ का शक्तिशाली पासपोर्ट भएका देशको सूचि सार्वजनिक गरेको छ । दक्षिण एसियामा सबैभन्दा कमजोर पासपोर्ट चाहिँ पाकिस्तान र अफगानिस्तानको छ । सूचिको पुछारमा अफगानिस्तान छ । भारत ८५ स्थानमा छ भने चीन ७० स्थानमा अटाएका छन् ।

उक्त इन्डेक्सका अनुसार नेपालले ३८ वटा मुलुकमा फ्रि भिसाको अवसर प्राप्त गरेको छ । एसियाली मुलुक जापान पहिलो स्थानमा छ । जापानलाई १९१ मुलुकमा फ्रि भिसाको अवसर छ । सिंगापुर दोस्रोमा छ । दक्षिण कोरिया र जर्मनी तेस्रो स्थानमा छन् । अमेरिका, बेलायत, बेल्जियम, न्यूजिल्यान्ड सातौं स्थानमा छन् । अष्ट्रेलिया आठौं र क्यानडा नवौं स्थानमा छन् ।

कोरोनाभाइरस महामारीले गर्दा सूचिको स्थान तलमाथि परेको जनाइएको छ । अमेरिका र बेलायतमा भाइरसको महामारीले गर्दा पासपोर्ट पनि कमजोर भएको निष्कर्ष निकालिएको छ । जापानमा भाइरसको नियन्त्रण बलियो भएकाले जापानी पासपोर्ट पहिलो स्थानमा सुरक्षित रहेको जनाइएको छ ।


प्रतिक्रिया

2 thoughts on “नेपाली पासपोर्ट संसारकै खराबको सूचीमा, जापानी पासपोर्ट संसारमै शक्तिशाली

Leave a Reply to Kusham Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर