थपिए ५४४ संक्रमित, ६ को मृत्यु – Nepal Press

थपिए ५४४ संक्रमित, ६ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारशुक्रबार ५४४ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै हालसम्म देशभर कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार १५९ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमित ५ हजार २१ जना छन् । यस्तै आज ५८५ जना कोरोनामुक्त भएर घर फर्केका छन् ।

साथै, कोरोनामुक्त हुनेको संख्या हालसम्म २ लाख ५७ हजार २२९ पुगेको छ । यसैगरी कोरोना भाइरसको संक्रमणबाट ६ जनाको मृत्यु भएसँगै हालसम्म मृत्यु हुनेको संख्या १९०९ पुगेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *