नारायणकाजीको आग्रह: सबैले आत्मालोचना गरौं, मिलेर अघि बढौं – Nepal Press

नारायणकाजीको आग्रह: सबैले आत्मालोचना गरौं, मिलेर अघि बढौं

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले आत्मालोचना गर्दै आगामी दिनमा मिलेर अघि बढ्नुपर्ने बताएका छन् ।

शुक्रबार राष्ट्रियसभा बैठकमा बोल्दै श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीदेखि ठूला दलका ठूला नेताहरुले आत्मालोचना गर्दै सच्चिएर अघि बढ्नुपर्ने धारणा राखेका हुन् ।

उनले भने– अझै केही बिग्रिसकेको छैन । प्रतिनिधिसभा विघटन गर्ने निर्णय प्रधानमन्त्रीले सच्याए मिलेर अघि बढ्न सकिन्छ ।

प्रधानमन्त्रीले संविधानमै नभएको व्यवस्थालाई जबरजस्त लाद्न खोजेको उनकाे आरोप छ । संविधानमा बेग्लै स्थितिमा संसद विघटन हुने कुरा उल्लेख भए पनि अहिले त्यस्तो स्थिति नभएको उनको भनाइ छ ।

 


प्रतिक्रिया

One thought on “नारायणकाजीको आग्रह: सबैले आत्मालोचना गरौं, मिलेर अघि बढौं

  1. संसद विघटन बेग्लै स्थितिमा अर्थात बहुमतबाट समर्थित प्रधानमन्त्री बन्न नसक्दामात्र हुनसक्ने जिकिरमा दम छैन। कार्यकारी प्रमुख र संसदबीचको संसदीय सम्बन्ध राज्यसञ्चालनसँग अन्योन्याश्रित हुन्छ। साथसाथै हिँडन नसक्दा कि संसदले अर्को नेता चुन्छ र नयाँले बहुमत कायम गरुन्जेल शासन गर्छ। अथवा कार्यकारी प्रमुखले यो सदनलाई मान्दिन भन्छ र संसद जुन तरिकाले गठन भएको हो, अर्थात नयाँ जनााादेशको लागि चुनाव घोषणा गर्छ। बेलायतमा भर्खरै बोरिस जोन्सनले गरेजस्तो । संबिधानले बहुमतको सरकार बिघटनको कुनै उपायबारे कल्पना नै गरेन। त्यसैले संबैधानिक अदालतले (सर्वोच्चले होइन)वहुलवादी बहुदलीय शासन प्रणालीको हाम्रो संबैधानिक प्रवन्ध, विश्वव्यापी अनुभव र स्थापित चलन अनुसार मार्गदर्शन हुनेगरी निर्देशन दिनुपर्नेछ ।देला। यस्ता प्राकृतिक र सिद्ध कुरामा कानून र संबिधानका दफा र धारा चाहिन्न पनि। संसारका बहुसंख्यक संबिधानमा यस्ता कुरा लेख्दा पनि लेखिन्न। हाम्रालाई खान सुत्न पनि कानूनै चाहिन्छ। वेष्टमिन्सटर प्रणालीलाई वेष्ट-मिनिस्टर भनेर मन्त्री र मन्त्रीमण्डल भट्याई रहने समयले असान्दर्भिक ठहय्राइसकेका हरु कराइरहुन।

Leave a Reply to Subodh Raj Pyakurel Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर