इलेक्ट्रिक कार उत्पादन कम्पनी टेस्लाका मालिक एलोन मस्क बने विश्वकै धनी – Nepal Press

इलेक्ट्रिक कार उत्पादन कम्पनी टेस्लाका मालिक एलोन मस्क बने विश्वकै धनी

एजेन्सी । कुल सम्पत्ति १ सय ८५ बिलियन डलर नाघेपछि दक्षिण अफ्रिकी–अमेरिकी एलोन मस्क विश्वकै धनी व्यक्ति बनेका छन् । बिहीबारु शेयर बजारमा उच्च मूल्य लागेपछि टेस्ला र स्पेस एक्सका उद्यमीलाई धनीको सूचिमा शीर्ष स्थानमा पुर्‍याएको हो ।

उनले अमेजनका संस्थापक वेफ बेजोसलाई पछि पारेका हुन् । बेजोस सन् २०१७ देखि शीर्ष स्थानमा थिए ।

बिहीबार इलेक्ट्रिक कार उत्पादन कम्पनी टेस्लाको ब्राण्ड मूल्य अहिलेसम्मकै उच्च ७ सय विलियन अमेरिकी डलर पुग्यो, जसले बजारमा उलटपुलट ल्याइदियो ।

यो भनेको कार कम्पनीहरु टोयोटा, भल्क्सवागन, हुन्डाई, जीएफ र फोर्डको कुल ब्राण्डमूल्य भन्दा पनि बढी हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर