भिजिबिलिटी कम भएपछि २० मिनेट अन्तर्राष्ट्रिय विमानस्थल अवरुद्ध – Nepal Press

भिजिबिलिटी कम भएपछि २० मिनेट अन्तर्राष्ट्रिय विमानस्थल अवरुद्ध

काठमाडौं । भिजिबिलिटी कम भएपछि  बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ ।

वायु प्रदूषणका कारण भिजिबिलिटी कम भएपछि आज दिउँसो १ः१३ बजेदेखि १ः५० सम्म २० मिनेट विमानस्थल बन्द भएको विमानस्थलका प्रमुख देव चन्द्रलाल कर्णले जानकारी दिए ।

भिजिबिलिटी कमकै कारण धेरै जहाजहरु अवतरण हुन नसकी केही समय होल्ड भएका थिए । हवाईजहाज उडान तथा अवतरणका लागि न्यूनतम १२०० मिटरको भिजिविलिटी आवश्यक भए पनि मंगलबार एक हजार मिटर मात्र भिजिविलिटी भएको कर्णको भनाइ छ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर