प्रचण्ड–माधव पक्षको केन्द्रीय संघर्ष समितिमा दुई नेता थपिए – Nepal Press

प्रचण्ड–माधव पक्षको केन्द्रीय संघर्ष समितिमा दुई नेता थपिए

काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्ध चरणबद्ध आन्दोलन घोषणा गरेको नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष)ले केन्द्रीय संघर्ष समितिमा नेताहरुलाई थपेको छ ।

दुई दिन बसेर सोमबार सकिएको स्थायी कमिटी बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा रहेको केन्द्रीय संघर्ष समितिको सह–संयोजकमा स्थायी कमिटी सदस्यहरु पम्फा भुसाल र गणेश शाहलाई थप गर्ने निर्णय गरेकाे हो । यसअघि स्थायी कमिटी सदस्य योगेश भट्टराई मात्रै सह–संयोजक थिए।

पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको बैठकले पार्टी एकताको बाँकी काम सम्पन्न गर्न अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा गृहकार्य टोली बनाएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

नेपाल नेतृत्वको टोलीमा स्थायी कमिटी सदस्यहरु, भीम रावल, अष्टलक्ष्मी शाक्य, गिरिराजमणि पोखरेल, गोकर्ण विष्ट, घनश्याम भुसाल, जनार्दन शर्मा, पम्फा भुसाल, वेदुराम भुसाल, मातृका यादव, लीलामणि पोखरेल र शक्ति बस्नेत छन्।

प्रवक्ता श्रेष्ठका अनुसार उक्त टोलीले जनसंगठनका काम प्रभावकारी बनाउने विषयमा ७ दिन भित्र सुझाव पेश गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर