युट्युब र अनलाइन टिभीलाई नियमन गर्न कार्यविधि तयार हुँदै – Nepal Press

युट्युब र अनलाइन टिभीलाई नियमन गर्न कार्यविधि तयार हुँदै

काठमाडौं। पछिल्लो समय नेपालमा विकृतिको रूपमा बढिरहेको युट्युब र उनीहरूको कन्टेन्टलाई कानुनी दायरामा ल्याउनका लागि गृहकार्य सुरु भएको छ । सञ्चार मन्त्रालयमा केही समय अगाडि निर्णय भएर त्यसबारे अहिले नेपाल दूरसञ्चार प्राधिकरणले मापदण्ड तथा आचारसंहिता निर्माण गर्ने कार्य गरिरहेको मन्त्रालयले जानकारी दिएको छ ।

सञ्चार मन्त्रालयले युट्युब र अनलाइन टिभिको नियमनका लागि दूर सञ्चार प्राधिकरणले सूचना तथा प्रशारण विभागसँग समन्य गरी कार्यविधि तयार गर्ने निर्णय गरेको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सूचना अधिकारी संगिता ओझाले नेपाल प्रेससँग भनिन्- अहिले दूरसञ्चार प्राधिकरणले युट्युबर तथा अनलाइन टेलिभिजनलाई दायरामा ल्याउनका लागि आचारसंहिता निर्माण गरिरहेको छ ।

युट्युबको बढ्दो छाडा प्रवृतिका कारण यसलाई नियमन बनाउन र कानुनी दायरामा ल्याउनका लागि आचारसंहिता ल्याउन लागिएको ओझाले बताइन् ।

‘युट्युबरले आफूलाई पत्रकार भनेर घरबार भाँड्ने कार्य गर्न थालेपछि आचारसंहिता एकदमै आवश्यक देखियो । त्यसैले जति सक्दो छिटो यसरबारे मापदण्ड जारी गर्ने कुरा भएको हो।’ उनले भनिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर