स्रोत नखुलेको १ करोड ४७ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ – Nepal Press

स्रोत नखुलेको १ करोड ४७ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका- २ नागढुङ्गाबाट स्रोत नखुलेको १ करोड ४७ लाख ८६ हजार रुपैयाँ सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत गोरखपुर बस्ने ३० वर्षीय अमित कुमार गुप्ता र कपिलबस्तु वाडगंगा नगरपालिका(४ बस्ने २२ वर्षीय संगम थारु रहेका छन् ।

कपिलबस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३(०१(०२३ च २२५९ नम्बरको कारलाई महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा कारभित्र ३ वटा झोलामा लुकाई ल्याएको सो रकम फेला पारी चालक थारु र कारमा सवार अमित कुमारलाई पक्राउ गरेको हो ।

प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *