सर्वोच्चलाई सभामुखको पत्र–प्रतिनिधिसभा विघटन स्वतः खारेजयोग्य – Nepal Press
संवैधानिक इजलास

सर्वोच्चलाई सभामुखको पत्र–प्रतिनिधिसभा विघटन स्वतः खारेजयोग्य

प्रतिनिधिमुलक संस्थामाथि हस्तक्षेप भएको दावी

काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा विघटनको विषय स्वतः खारेजयोग्य भएको बताएका छन् ।

सर्वोच्च अदालतलाई आइतबार लिखित रुपमा पठाएको जवाफमा सापकोटाले यो विषय संविधान विपरीत भएको समेत उल्लेख गरेका छन्।

‘प्रतिनिधिसभा विघटन हुँदा सिंगो प्रतिनिधिसभा तथा म समेतलाई मात्रै मर्माहत बनाएको होइन, सार्वभौम जनताको प्रतिनिधिमूलक संस्था उपर हस्तक्षेप हुन गएको देखिन्छ,’ महान्यायाधिवक्ताको कार्यालयमार्फत पठाएको जवाफमा भनिएको छ, ‘यस्तो हस्तक्षेप नेपालको संविधानको मर्म र भावना अनुरुप समेत देखिन नआएको हुँदा रिट निवेदकहरुको दावी संविधान बमोजिम नै देखिएकाले प्रतिनिधिसभा विघटन हुनसक्ने कुनै आधार छैन। तसर्थ, प्रतिनिधिसभा विघटनको विषय स्वतः खारेजभागी छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर