अधिकांश भूगोलमा वर्षा तथा हिमपातको सम्भावना – Nepal Press

अधिकांश भूगोलमा वर्षा तथा हिमपातको सम्भावना

काठमाडौं । शनिबारदेखि देशका अधिकांश क्षेत्रको मौसम बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, तराईमा हुस्सु र केही स्थानमा वर्षा हुनसक्ने महाशाखाको अनुमान छ ।

पश्चिमी वायुको प्रभावका कारण केही क्षेत्रको मौसम प्रभावित भएको जनाइएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मौसम बढी प्रभावित हुने अनुमान छ । बाँकी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ।

सुदूरपश्चिम प्रदेश तथा कर्णालीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना छ ।


प्रतिक्रिया

One thought on “अधिकांश भूगोलमा वर्षा तथा हिमपातको सम्भावना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर