रुपन्देहीमा आजदेखि खुल्ला ब्याटमिन्टन प्रतियोगिता शुरु – Nepal Press

रुपन्देहीमा आजदेखि खुल्ला ब्याटमिन्टन प्रतियोगिता शुरु

रुपन्देही । रुपन्देहीको तिलोत्तमाको मधौलियामा शुक्रबारदेखि नगरस्तरीय खुल्ला ब्याटमिन्टन प्रतियोगिता शुरु भएको छ ।

तिलोत्तमा -१६ मधौलिया ब्याटमिन्टन क्लबको आयोजनामा दुई दिनसम्म चल्ने प्रतियोगितामा ३९ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।

नगरपालिकाको ४ लाख आर्थिक सहयोगमा आयोजित प्रतियोगिताको नगर प्रमुख बासुदेव घिमिरेले उद्घाटन गरे ।

तिलोत्तमा नगर खेलकुद विकास समितिको वार्षिक कार्यतालिका अनुसार आयोजित व्याटमिन्टन प्रतियोगिताको विजेताले नगद ५० हजार तथा उपविजेताले ३० हजार पुरस्कार राशी प्राप्त गर्नेछन् । प्रतियोगितामा सेमिफाइनल पुग्ने टिमलाई नगद १०र१० हजार पुरस्कार राशी प्रदान गरिने नगर खेलकुद विकास समितिका संयोजक राजेन्द्र गुरुङले जानकारी दिए ।

तिलोत्तमामा यस आर्थिक वर्षमा हुने अन्य खेलकूद गतिविधिहरुको कार्यतालिका सार्वजनिक भइसकेका छन् । ब्याडमिन्टनसहित यो वर्ष विभिन्न ९ वटा प्रतियोगिता हुन लागेको हो ।

कार्यतालिका अनुसार यसै महिना पुस २६ र २७ गते विद्यालयस्तरीय छात्रछात्रा भलिबल प्रतियोगिता आयोजना हुने छ । यसैगरी आगामी माघ ८ गतेदेखि ३ दिनसम्म उपमेयर खुल्ला भलिबल प्रतियोगिता, माघ २२ गतेदेखि ३० गतेसम्म मेयर कप रनिङ्गशिल्ड फुटबल प्रतियोगिता हुने भएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर