भन्सार कार्यालयभित्र रहेको भारतीय ट्रकमा कसरी आयो हतियार ? – Nepal Press

भन्सार कार्यालयभित्र रहेको भारतीय ट्रकमा कसरी आयो हतियार ?

रुपन्देही । बुटवलको मुख्य बजारमा रहेको एक भारतीय नम्बर प्लेटको ट्रकमा पेस्तोल फेला परेको छ।

बुटवलस्थित राजश्व अनुसन्धान कार्यालयको हाताभित्र रहेको भारतीय ट्रकबाट प्रहरीले पेस्तोल फेला पारेकाे  हो ।

राजश्व अनुसन्धान सम्बन्धि मुद्दामा राजश्व अनुसन्धान कार्यालयभित्र रहेको जिजे शून्य ६ एजेड ६३५१ नम्बरको भारतीय ट्रकबाट प्रहरीले एकथान पेस्तोल बरामद भएको जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाका अनुसार प्रहरी र राजश्व अनुसन्धान कार्यालयको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा उक्त ट्रकको एयर फिल्टरभित्र लुकाइराखेको अवस्थामा पेस्तोल बरामद गरिएको हो ।

वेवले ३२ लेखिएको कम्पनी मेडजस्तो देखिने पेस्तोल फेला परेको र सो बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर